रङ्गमन्च

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

इकागज |
भदौ २, २०८० शनिबार ८:५३ बजे

काठमाडौँ-   सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक 'हराएकी म'को मञ्चन हिजोबाट सुरु भएको छ । शुक्रबार दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुँदा गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुँदा गलत संस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धी ज्ञान बाँड्न नाटक मञ्चन गरिएको हो ।

विद्यालयकी उप–प्राध्यापक ममता बमले आफनो विद्यालयमा रहेका बालवालिकालाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुंस्कारका विषयमा जानकारी दिनको लागि नाटकको मञ्चन गरिएको बताइन् । बालसाहित्यकार विजयराज आचार्यको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्पराज अवस्थीले गरेका हुन् ।   

 छाउगोठ बस्नुपर्ने, बन्द कोठामा बस्नुपर्ने, छोरा मान्छेको अनुहार हेर्न नमिल्ने, खानामा पनि सबै खान नमिलेर बार्नुपर्ने कथाहरु हामी सबैले सुन्दै आइरहेका छौं । पहिलोचोटि महिनावारी हुँदा कतिपयले केक काटिरहेको अवस्था छ भने  कतिपयले भने सामाजिक संस्कार भन्दै छोरीहरुलाई मानसिक यातना दिइरहेका छन् । महिनावारी हुँदा खुसीले उत्सव मनाउनुपर्नेमा कतिपय छोरीहरु महिला हुनुमा नै  दु:खको अनुभव गर्छन् ।  नाटकको माध्यमबाट यी र यस्तै कुराहरुमा सुधार आउँछ कि भन्ने आशा नाटकको व्यावस्थापन पक्षले लिएको छ  ।
 
नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, समृद्धि पाण्डे, आरुष गौतम, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुती भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुवँर, आश्रिका अधिकारी,आरभ पुरी, जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काब्या शर्मा लगायत अन्य कलाकारको भूमिका रहेको छ । नाटकको मञ्च व्यस्थापक आस्था कार्कीले गर्नुभएको छ । 


 

  


Author

थप समाचार
x