समाज

आगोमा परी अर्घाखाँचीमा ४ वर्षीया बालिकाको मृत्यु

इकागज |
बैशाख १७, २०८१ सोमबार १९:८ बजे

फाइल तस्बिर

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ । 

भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 


अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतीत सिंह राठोरका अनुसार आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् । हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घरभित्र रहेकी बालिकाभित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । 
 


Author

थप समाचार
x