शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग

इकागज |
पुस ३, २०८० मंगलबार २०:२२ बजे

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले १२औं दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन फाराम खुला गरेको छ । विश्वविद्यालयले एम.फिल, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण भएका व्यक्तिहरू दीक्षान्त समारोहमा भाग लिनका लागि विश्वविद्यालयले आवेदन फाराम माग गरेको हो ।

विश्वविद्यालयले १२औं दीक्षान्त समारोहमा भाग लिन एम.फिल, स्नातकोत्तर र स्नातक तहका शैक्षिक कार्यक्रमहरूको ग्रेसलिस्टमा समावेश भएका विभिन्न समूहमा भर्ना भई सम्बन्धित तहमा उत्तीर्ण गरी २०७९ पौष १७ देखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृप्ट लिएका विद्यार्थीहरूले सहभागी हुन पाउने सूचनामा उल्लेख गरेको छ ।


सहभागी हुन चाहने विद्यार्थीहरूले विश्वविद्यालयले निर्धारण गरेको मापदण्डअनुसार रित पुर्याई पौष २२ गतेसम्ममा आवेदन फाराम दिन सक्ने जनाएको छ ।


Author

थप समाचार
x