शिक्षा

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने

इकागज |
चैत २७, २०८० मंगलबार १६:४९ बजे

काठमाडौँ- निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

उपनिर्वाचन हुन् इलम-२ र बझाङको १(१) मा वैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।


आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।

साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा वैशाख २ गतेदेखि नै मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ ।


Author

थप समाचार
x