अर्थ / बाणिज्य

१४ किलो सुन प्रकरण :

१० किलो सुन खोज्दा १४ किलो भेट्टाएको थियो भन्सार टोलीले

इकागज |
मंसिर २२, २०८० शुक्रबार १४:९ बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानस्थल भन्सार कार्यालयले गएराति करिब १४ किलो सुन बरामद गर्‍यो । बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले गएराति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखिएको बताए । 


पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको बताए । उनले चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखाका अर्का मीनबहादुर घलेलाई समेत पक्राउ गरिएको बताए ।

उनले विशेष सुराकिको आधारमा बाहिर बाट सामान आउँदैछ भन्ने आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानहरूमा निगरानीमा रहेको बताए । उनले १० किलोसम्म सुन बरामद हुनसक्ने सुराकीको आधारमा भन्सार विभाग परिचालित भएको बताए । उनले पक्राउ पर्नेहरूको प्रारम्भिक बयानमा सुन नै हो भन्ने रहेको बताए ।

उनले सुन सजिलै बाहिर ल्याउन सक्ने सम्भावना नभए पनि भन्सारको सुक्ष्म निगरानीका कारण भन्सार विभागले विमानबाट नै नियन्त्रणमा लिन सफल भएको बताए ।

विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको बताए ।

र, यो पनि

 


Author

थप समाचार
x