अर्थ / बाणिज्य

सुनको भाउ बढ्यो

इकागज |
चैत ६, २०८० मंगलबार ११:४२ बजे

फाइल तस्बिर/इकागज

काठमाडौँ - नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सय रूपैयाँले बढेको हो । 

आज छापावाल सुन तोलामा १ लाख २५ हजार २०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन १ लाख २४ हजार ६०० मा कारोबार भएको छ । 


सोमबार छापावाल सुन १ लाख २४ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन  १ लाख २३ हजार ९०० मा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य बढेको छ । चाँदी आज १ हजार २५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी १ लाख ५२० मा कारोबार भएको थियो । 


Author

थप समाचार
x