अर्थ / बाणिज्य

युरो १४५ पुग्दा डलर १३३ : अन्य देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
चैत ९, २०८० शुक्रबार ६:५१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५  रुपैयाँ ४८ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८ रूपैयाँ ८२ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १८ रूपैयाँ ५२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर ४३३ रूपैयाँ ७७ पैसा रहेको छ ।


Author

थप समाचार
x