अर्थ / बाणिज्य

बीपीसीको १४० मेगावाटको आयोजनालाई १३० करोड रुपैयाँको हेजिङ सुविधा

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १२:३३ बजे

काठमाडौँ– बुटवल पावर कम्पनीले चिनियाँ संयुक्त लगानीमा निर्माण गर्न लागेको १४० मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि सरकारले १ अर्ब ३० करोड रुपैयाँ बराबरको हेजिङ सुविधा दिने भएको छ । 

चिनियाँ संयुक्त लगानीमा निर्माण हुने मध्यम आकारको उक्त आयोजनालाई यसको विदेशी ऋण भुक्तानी हुँदासम्मको अवधिका लागि उक्त सुविधा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउनेगरी अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको खण्डमा विदेशी संयुक्त लगानीको उक्त आयोजनाले राज्यकोषबाट १ अर्ब ३० करोड रुपैयाँ लाभ प्राप्त गर्नेछ । 


सरकारले जलविद्युत् उत्पादनमा स्वदेशी र विदेशी लगानीकर्ताका लागि दोहोरो मापदण्ड अपनाउँदै आएको छ । स्वदेशी लगानीकर्ताका लागि उत्पादनको इजाजत रोकेको सरकारले चिनियाँ लगानीमा निर्माण हुने आयोजनाका लागि भने भारी सहुलियत दिन लागेको हो ।  

 


Author

थप समाचार
x