फुटबल

एभर्टनका स्ट्राइकर डोमिनिकः जो मानसिक स्वास्थ्यसँग जुधे

इकागज |
जेठ १०, २०७९ मंगलबार ११:३२ बजे

काठमाडौँ – इंग्लीस फुटबल क्लब एभर्टनका स्ट्राइकर डोमिनिक काल्भर्ट-लेविनले यस सिजनमा मानसिक स्वास्थ्यसँग गुज्रेको खुलासा गरेका छन् । तर उनले कुराकानीका कारण आफू बाँचेको बताएका छन् । 

डोमिनिकले फुटबल क्यारियर र जीवनको सबैभन्दा कठिन समयबाट गुज्रिएको खुलासा गरे । उनले मानसिक स्वास्थ्यसँग जुधिरहेकाहरुले आफ्ना साथी, परिवारको सदस्य वा आफ्ना कुरा सुन्नेहरुसँग कुराकानी गर्नुपर्ने बताए ।


'मैले यस सिजनमा एउटा कुरा के सिके भने मानिसहरुले जीवनको यस्तो लडाइ लडिरहेका हुन्छन् जो अरुलाई थाहा हुन सक्दैन । त्यसैले आफूले कस्तो अनुभव गरिरहेको बारेमा कसैसँग कुरा गर्न र इमान्दार हुनुमा कुनै लाज हुँदैन्,' डोमिनिकले इन्स्टाग्रामको एक पोस्टसमा लेखेका छन् ।

उनले आफ्ना भावनाहरुलाई दबाइरहेकाहरुले साथी, परिवारका सदस्य अथवा आफ्ना कुरा सुन्नेहरुसँग कुराकानी गर्नुपर्ने धारणा राखे । 

२५ वर्षीय डोमिनिकले यस सिजनमा चोटबाट गुज्रिए जसका कारण उनले केवल १७ खेलमा मात्र खेल्न पाए । जबकि अघिल्लो सिजन उनले ३० भन्दा बढी खेल खेलेका थिए । 

उनले गत हप्ता क्रिस्टल प्यालेसविरुद्ध एभर्टनले ३-२ को जित हात पार्दै रेलिगेसनबाट जोगिएको खेलमा एक गोल गरेका थिए । 
 


Author

थप समाचार
x