फुटबल

आर्सनलले भित्र्यायो सिटीका फरवार्ड जेससलाई

इकागज |
असार २०, २०७९ सोमबार १३:४२ बजे

काठमाडौँ – आर्सनलले म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेससलाई भित्र्याएको छ । सिटीले सोमबार जेससले सिटी छाड्दै आर्सनल गएको पुष्टि गरेको हो । 

२५ वर्षीय ब्राजिलियन फरवार्ड जेससले सिटीमा साढे पाँच वर्ष विताउँदा सिटीले ११ वटा मुख्य उपाधि जितेको थियो जसमध्ये इंग्लिस प्रिमियर लिगको चार उपाधि समावेश छ । 


सन् २०१७ मा सिटी आएका जेससले इंग्लिस क्लबका लागि २ सय ३६ खेल खेल्दा ९५ गोल गरेका थिए । जेससले २०१७-१८ को सिजनमा घुडाँको चोट बोकेपनि लिगका २९ खेल खेलेका थिए । उक्त सिजनको लिग सिटीले जितेको थियो । 
 


Author

थप समाचार
x