फुटबल

महारानीलाई श्रद्धाञ्जली अर्पण गर्न बेकह्याम १२ घण्टा लाइनमा

इकागज |
असोज १, २०७९ शनिबार १४:४२ बजे

काठमाडौँ- इंग्ल्यान्डका पूर्व फुटबलर डेभिड बेकह्यामले निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गर्न १२ घण्टा लाइनमा बसेका थिए ।

इंग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल स्टार ४७ वर्षीय बेकह्यामले वेस्टमिनिस्टर हलसम्म पुग्न १२ घण्टा लाइनमा लागेको बीबीसीले जनाएको छ । भिडियोहरुमा उनले आँशु पुछ्दै गरेको देखाइएको छ ।


‘यहाँ हुनु विशेष छ । मानिसहरुका विभिन्न कथाहरु सुन्न पाउनु विशेष हो,’ सर्वसाधारणसँगै लाइनमा लागेका बेकह्यामले भने ।

फुटबलमा योगदान पुर्‍याएको भन्दै सन् २००३ मा बेकह्यामले महारानीबाट अर्डर अफ द ब्रिटिस एम्पायर (ओबीई) प्राएका थिए । उनले उक्त क्षणहरु पनि सम्झिएका थिए ।


Author

थप समाचार
x