फुटबल

इटाली नेसन्स लिगको फाइनल चरणमा

इकागज |
असोज ११, २०७९ मंगलबार १३:२४ बजे

काठमाडौँ- इटाली युईएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति बुडापेस्टमा भएको खेलमा हंगेरीलाई २-० ले पराजित गर्दै इटाली फाइनल चरणमा प्रवेश गरेको हो ।

इटालीले समूह ए३ अन्तर्गत ६ खेलबाट ११ अंक जोड्दै हंगेरी भन्दा एक अंकमाथि रहेको छ ।


इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक-एक गोल गरे । रास्पाडोरीले २७ औँ मिनेटमा गोल गरी इटालीलाई अग्रता दिलाए भने डिमार्कोले ५२ औँ मिनेटमा गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।


Author

थप समाचार
x