फुटबल

टोटेनहमलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर

इकागज |
असोज १५, २०७९ शनिबार १६:८ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति सात खेल हुँदैछ । लिग अन्तर्गतको महत्वपूर्ण खेलमा शीर्ष स्थानमा रहेको आर्सनलले टोटेनहमविरुद्ध खेल्दैछ ।

आजको खेलमा दुबै टिमका लागि महत्वपूर्ण रहेको छ । शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानका म्यानचेस्टर सिटीसँगको अंक दूरी बढाउने अवसर पाएको छ ।


सात खेलबाट १८ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा रहेको छ । यता समान ७ खेलबाट १७ अंक जोडेको साविक विजेता सिटीको १७ अंक छ ।

टोटेनहमको पनि १७ अंक रहेपनि गोलअन्तरको आधारमा तेस्रो स्थानमा छ । तर आर्सनललाई पराजित गर्दै टोटेनहमसँग शीर्ष स्थानमा उक्लिने अवसर छ ।

अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेस तथा लिभरपुलले ब्राइटनको सामना गर्ने भएका छन् ।


Author

थप समाचार
x