फुटबल

फिफा विश्वकपः क्रोएसियालाई पराजित गरेर जापान अघि बढ्ला ?

इकागज |
मंसिर १९, २०७९ सोमबार ११:१५ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकपको प्रि-क्वार्टरफाइनल अन्तर्गत आज जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

जापान र क्रोएसियाबीचको प्रतिस्पर्धा अल जानोब स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । साविक उपविजेता क्रोएसिया जापानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा छ ।


यता, जापान पनि क्रोएसियालाई पराजित गरेर क्वार्टरफाइनलमा स्थान बनाउने योजनामा छ । जापान समूह ‘ई’ को विजेता बनेको थियो । क्रोएसिया समूह ‘एफ’ को उपविजेता टोली हो ।

यस अघि तीन पटक प्रि-क्वार्टरफाइनलबाट बाहिरिएको जापान पहिलो पटक अन्तिम ८ मा स्थान बनाउन चाहन्छ ।

इतिहास हेर्दा दुबै टिम बलियो देखिन्छ । जापान र क्रोएसियाबीच हालसम्म तीन खेल भएका छन् । जसमा जापान र क्रोएसियाले समान एक-एक खेलमा जित हात पारेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।


Author

थप समाचार
x