फुटबल

प्रिमियर लिगः च्याम्पियन सिटी अन्तिम खेलमा पराजित

इकागज |
जेठ १५, २०८० सोमबार ९:३९ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि हात पारेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा पराजय भोगेको छ । लगातार तेस्रो पटक उपाधि जितेको सिटीले आइतबार राति भएको खेलमा ब्रेन्टफोर्डसँग १-० को पराजय भोग्यो । ​ब्रेन्टफोर्डलाई जित दिलाउन इथान पिनोकले ८५ औँ मिनेटमा निर्णायक गोल गरे ।

ब्रेन्टफोर्डविरुद्धको पराजयसँगै सिटीको २५ खेलको अपराजित यात्रामा समेत विश्राम लागेको छ ।


यता सिटीलाई पराजित गरेपनि ब्रेन्टफोर्डले भने आगामी सिजनको युरोपा कन्फ्रेन्स लिग खेल्ने अवसर गुमाएको छ । यसका लागि आस्टन भिल्लाले पराजय भोग्दा टोटेनहमले कम्तिमा पनि अंक बाँड्नुपर्ने थियो । तर दुबै टिमले खेल जिते ।

यससँगै आस्टन भिल्लाले ६१ अंकसहित सातौ स्थानमा रहँदै कन्फ्रेन्स लिग खेल्ने अवसर पायो भने ६० अंकसहित टोटेनहम आठौ तथा ५९ अंकसहित ब्रेन्टोफर्ड नवौ स्थानमा रह्‍यो ।


Author

थप समाचार
x