फुटबल

नेपाल सुपर लिग: उपाधिका लागि आज धनगढी र काठमाडौँ भिड्दैं

इकागज |
जेठ १, २०७८ शनिबार ७:२३ बजे

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको फाइनल खेल आज(शनिबार) हुँदैछ । देशकै पहिलो फ्रेन्चाइज प्रतियोगिताको पहिलो सिजनको उपाधिका लागि आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । 

साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोली पहिलो च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।  लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउने भने उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।
 



Author

थप समाचार
x