फुटबल

वडा नं १४ ले जित्यो प्रयागराज स्मृति अन्तर वडा फुटसलको उपाधि

इकागज |
असोज ३, २०८० बुधबार १५:४४ बजे

काठमाडौँ- वडा नं १४ ले प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनलमा वडा नं १४ ले वडा नं १३ लाई ३–२ ले हराएर उपाधि हात पारेको हो ।

विजेता टिमका लागि मनिष रानाभाटले दुई तथा दिलीप थापाले एक गोल गरे । वडा नं १३ का लागि अभय राना र आशिष कपालीले एक-एक गोल फर्काए । फाइनलमा वडा नं १४ का आरोन खड्का म्यान अफ द म्याच चुनिए ।


काठमाडौँ महानगरपालिकाका वडाहरूबीच भएको प्रतियोगिताको उपाधि विजेता वडा नं १४ ले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता वडा नं १३ ले एक लाखमा चित्त बुझायो ।

यसैगरी, विधागततर्फ वडा नं १३ का आशिष कपाली सर्वश्रेष्ठ खेलाडी, वडा नं १४ का मनिष सर्वाधिक गोलकर्ता र वडा नं १४ कै विपिन थापा मगर सर्वश्रेष्ठ गोलरक्षक घोषित भए । उनीहरूले जनही १० हजार प्राप्त गरे ।

विजेता वडा नं १४, उपविजेता वडा नं १३ तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता वडा नं २३ ले आयोजना गरेको हो ।


Author

थप समाचार
x