फुटबल

एसियन गेम्सः महिला फुटबलमा नेपाल पराजित

इकागज |
असोज ५, २०८० शुक्रबार १५:४५ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमै नेपालले भियतनामसँग नेपालले पराजय भोगेको हो । 

भियतनामले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको हो । यस खेलसँगै एसियन गेम्समा नेपाली महिला टिमले डेब्यू गरेको हो । 


भियतनामको जितमा थी बिच थुए गुएन र कप्तान हाइ येन फामले एक-एक गोल गरे ।

फामले ५३ औँ मिनेटमा भियतनामलाई अग्रता दिलाइन् भने गुएनले ६४ औँ मिनेटमा भियतनामका लागि दोस्रो गोल गरिन् ।

नेपालले दोस्रो खेल जापानसँग आउँदो सोमबार खेल्नेछ ।


Author

थप समाचार
x