फुटबल

साफ यू-१९ : माल्दिभ्ससँग बराबरी खेल्दै पाकिस्तान सेमिफाइनलमा

इकागज |
असोज ६, २०८० शनिबार १५:५१ बजे

काठमाडौँ- पाकिस्तानले नेपालमा जारी साफ यू-१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

समूह ‘ए’ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेल्दै पाकिस्तानले अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।


यसअघि पाकिस्तानले पहिलो खेलमा नेपाललाई १-० ले पराजित गरेको थियो । पाकिस्तानले २ खेलबाट ४ अंक जोडेको छ ।

अब माल्दिभ्सले समूह चरणको अन्तिम खेलमा नेपालसँग सेप्टेम्बर २५ मा खेल्नेछ । उक्त खेलले सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।


Author

थप समाचार
x