फुटबल

भ्यालेन्सियामाथि रियल म्याड्रिड ५-१ ले विजयी

इकागज |
कात्तिक २६, २०८० आइतबार ८:२९ बजे

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २-२ गोल गरेका थिए भने डानी कार्भाजलले एक गोल गरेका थिए । त्यसैगरी भ्यालेन्सियाका लागि हुगो डुरोले एक गोल फर्काएका थिए ।


यो जितपछि रियल म्याड्रिडको १३ खेलमा ३२ अंक भएको छ र लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै लिगको शिर्ष स्थानमा भने गिरोना रहेको छ । गिरोनाको १३ खेलमा ३४ अंक रहेको छ ।

त्यसैगरी भ्यालेन्सियाको भने यो हारपछि १३ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।


Author

थप समाचार
x