फुटबल

विश्वकप छनोट : नेपालको पोस्टमा युएईको चार गोल

इकागज |
मंसिर १, २०८० शुक्रबार ७:३० बजे

काठमाडौँ- नेपाल २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्धको खेलमा पराजित भएको छ ।

दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।


नेपालले पहिलो हाफमा ४ गोल खाएको थियो भने दोस्रो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

यसअघि नेपाल र युएईबीच सन् १९८४ मा खेल भएको थियो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।

अब नेपालले विश्वकप छनोट अन्तर्गत अर्को खेल नोभेम्बर २१ मा यमनविरुद्ध हुने छ ।

यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुने छ । 


Author

थप समाचार
x