फुटबल

रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी

इकागज |
मंसिर १, २०८० शुक्रबार ७:४२ बजे

काठमाडौँ- युइएफए युरोकप छनोट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ ।

समुह जे मा रहेको पोर्चुगलले गएराति सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।


पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक एक गोल गरेका थिए ।

युरोकप छनोटमा पोर्चुगलको यो लगातार नवौं जित हो । युरोकपका लागि यसअघि नै छनोट भएको पोर्चुगलको समुह जे मा ९ खेलमा २७ अंक रहेको छ र समुहमा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै लिएचटेनस्टेइनले भने ९ खेलमा सबै खेलमा हार व्यहोरेको छ ।


Author

थप समाचार
x