फुटबल

नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै

इकागज |
मंसिर ४, २०८० सोमबार १५:५३ बजे

काठमाडौँ - फिफा विश्वकप र एएफसी एसिया कपको छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । 

नेपाल र यमनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ ७ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । फिफा बरियतामा यमन १ सय ५६ औं स्थानमा छ भने नेपाल १ सय ७३ औं स्थानमा रहेको छ । नेपाली राष्ट्रिय फुटबल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नैपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ । सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कम्फ्रेन्समा प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए । यमन नेपालभन्दा बढी टिम रहेपनि सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्दै उत्कृष्ठ खेल प्रर्दशन गर्ने उनले बताए ।


त्यस्तै कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरि मैदान उत्रने बताए । घरेलुमा खेल खेल्न पाउदा निकै उत्साहित रहेको र केहि दवाव हुनु स्वभाविक रहेको उनले बताए ।  

छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली यूएईसँग ४–० ले पराजित भएको थियो । यमनसंगको खेलका लागि एन्फाले साधारण पाराफिटतर्फ रु ४ सय र भिआइपी पाराफिटतर्फ रु १ हजार टिकट दर कायम गरेको छ । प्रतियोगिताको अनुमानित बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ । 


Author

थप समाचार
x