फुटबल

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले न्यूकासलको सामना गर्दै

इकागज |
मंसिर १६, २०८० शनिबार १३:३७ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेडले आज राति न्यूकासलको सामना गर्ने भएको छ ।

म्यानचेस्टर युनाइटेड र न्यूकासलबीचको खेल न्यूकासलको घरेलु मैदानमा राति १:४५ बजेबाट सुरु हुनेछ ।


जारी लिगमा म्यानचेस्टर युनाइटेड र न्यूकासलले समान १४ औँ खेल खेल्दैछन् । अघिल्ला १३ खेलबाट २४ अंक जोडेको म्यानचेस्टर युनाइटेड छैटौँ स्थानमा हुँदा २३ अंक जोडेको न्यूकासल सातौँ स्थानमा छ ।

आज राति नै शीर्ष स्थानको आर्सनलले १२ औँ स्थानको उल्भ्सविरुद्ध खेल्नेछ ।

 


Author

थप समाचार
x