फुटबल

बार्सिलोनासँग एटलेटिको मड्रिड पराजित

इकागज |
मंसिर १८, २०८० सोमबार ११:४४ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले एटलेटिको मड्रिडविरुद्ध जित हात पारेको छ ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको मड्रिडलाई १-० गोलअन्तरले पराजित गरेको हो ।


बार्सिलोनाको जितमा एकमात्र निर्णायक गोल जोआओ फेलिक्सले २८ औँ मिनेटमा गरे ।

जितसँगै १५ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । यता १४ खेलबाट ३१ अंकमात्र हात पारेको एटलेटिको मड्रिड चौँथोँ स्थानमा झरेको छ ।


Author

थप समाचार
x