फुटबल

जब क्लबका अध्यक्षले नै रेफ्रीलाई कुटे…

इकागज |
मंसिर २६, २०८० मंगलबार ११:३९ बजे

तस्बिर : डेलीमेल

काठमाडौँ- टर्कीको फुटबल संघले सबै फुटबल लिगका खेलहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

टर्कीको सुपर लिग सञ्‍चालन गरिरहेका एक रेफ्रीमाथि एक क्बलका अध्यक्षले मुक्का प्रहार गरेपछि संघले सबै लिगका खेलहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।


एमकेई अन्कारागुसु फुटबल क्लबका अध्यक्ष फारुक कोकाले फुटबल रेफ्री हालिल उमुत मेलेरलाई मैदानमै पसेर मुक्का प्रहार गरेका थिए ।

सुपर लिगअन्तर्गत सोमबार अन्कारागुसुले ९७ औँ मिनेटमा गोल खाएपछि कायकर लिजसपोरसँगको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो ।

त्यसपछि आक्रोशित बनेका कोकाले रेफ्री हालिलमाथि हातपात गरेका थिए । रेफ्री हालिल मैदानमा लडेपनि अन्य व्यक्तिले पनि उनीमाथि आक्रमण गरेका थिए ।

कुटपिटपछि रेफ्री घाइते भएको तथा उनको एक अस्पतालमा उपचार गरिएको थियो । ३७ वर्षीय हालिल फिफाका लागि अन्तर्राष्ट्रिय खेल खेलाउने गरेका छन् । उनी यूइएफए एलाइट रेफ्रीको सूचीमा पनि रहेका छन् ।


Author

थप समाचार
x