फुटबल

नेपाली महिला फुटबल टिमको वरीयता खस्कियो

इकागज |
मंसिर २९, २०८० शुक्रबार १६:२५ बजे

काठमाडौँ- नेपाली महिला फुटबल टिमको वरीयता खस्किएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाली महिला टोलीको वरीयता चार स्थान खस्किएको हो ।

नयाँ वरीयताअनुसार नेपाल १ सय ५ औँ स्थानमा झरेको छ । यसअघि नेपालको वरीयता १ सय १ रहेको थियो ।


दक्षिण एसियाली मुलुकमा भने नेपालभन्दा अगाडि भारत रहेको छ । भारत वरीयताको ६५ औँ स्थानमा छ ।

बंगलादेश १ सय ४० औँ, श्रीलंका १ सय ५७ औँ, पाकिस्तान १ सय ५८ औँ, माल्दिभ्स १ सय ६२ तथा भुटान १ सय ७२ औँ स्थानमा छन् ।


Author

थप समाचार
x