फुटबल

म्यानचेस्टर सिटी सबैभन्दा मूल्यवान टिम, टप १० मा को-को छन् ?

इकागज |
माघ ६, २०८० शनिबार ८:५ बजे

काठमाडौँ- म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मूल्यवान टिम बनेको छ ।

फुटबल बेन्चमार्कले सार्वजनिक गरेको युरोपियन फुटबल क्लबहरूको वार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटी विश्वको सबैभन्दा बढी मूल्यवान टीम रहेको हो ।


यस रिपोर्टअनुसार २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरूले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको अहिलेको बजार मूल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो वर्षको भन्दा ९ प्रतिशतले बढी हो ।

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ । पिएसजीको टिमको बजार मूल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मूल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मूल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मूल्य अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौँ स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मूल्य अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।

यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौँ स्थानमा छ र यसको टिमको बजार मूल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौँ स्थानमा रहेको छ । नापोलीको टिमको बजार मूल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड रहेको छ । डोर्टमण्डको टिमको बजार मूल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशत कम हो ।

त्यस्तै यस सूचीमा नवौँ स्थानमा इटालियन क्लब युभेन्टस्‌ रहेको छ । युभेन्टस्‌को अहिलेको टिमको बजार मूल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो ।

त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनिफिका रहेको छ । बेनिफिकाको अहिलेको टिमको बजार मूल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।


Author

थप समाचार
x