फुटबल

वाफ वुमेन्स च्याम्पियनसिप : प्यालेस्टाइनको पोस्टमा नेपालको चार गोल

इकागज |
फागुन १३, २०८० आइतबार ७:२२ बजे

काठमाडौँ- नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेको छ ।

शनिबार राति साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४-० ले हराउँदै समूह विजेता बनेको हो ।


खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेका छन् ।

नेपालले समूह 'बी' मा सबै तीन खेल जितेर अपराजित रहेको समूह 'ए' को उपविजेता लेबनानसँग मंगलबार खेल्नेछ ।


Author

थप समाचार
x