फुटबल

भारत साफ यू-१६ महिला च्याम्पियनसीपको फाइनलमा

इकागज |
फागुन २४, २०८० बिहीबार १७:३० बजे

काठमाडौँ- भारत साफ यू-१६ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई १०-० गोल अन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो ।

नेपालमाथि एकतर्फी जित निकाल्दै भारतले उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको छ । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २-२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १-१ गोल गरे । एक गोल आत्मघाती भयो ।


लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल भने आइतबार हुनेछ ।


Author

थप समाचार
x