फुटबल

झापा गोल्डकप : एन्फा मकवानपुरलाई हराउँदै झापा-११ सेमिफाइनलमा

इकागज |
फागुन २४, २०८० बिहीबार २०:५ बजे

झापा- विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा झापा-११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनल खेलमा  एन्फा मकवानपुरलाई ५-१ गोल अन्तरले हराउँदै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेल प्रारम्भ भएको २४ औँ मिनेटमा आदित्य शाक्यले पहिलो गोल गरेर झापालाई अग्रता दिलाए भने खेलको ६६ औँ मिनेटमा अर्को गोल थपियो । खेलको ८३ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले तेस्रो गोल गरे । 


यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले गोल गरेका थिए । अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले गोल गरेका हुन् । झापाका लागि शाक्य, विदेशी खेलाडी हेरिसन, बुढाथोकी, बोहोरा र चापागाईंले एक-एक गोल गरेका हुन् ।

खेलमा मकवानपुरले सान्त्वना एक गोल फर्कायो । खेलको ७९ औँ मिनेटमा मकवानपुरका ओस्कारले गोल गरे । अब पर्सी शनिबार झापा-११ चर्चब्वाइजसँग भिड्नेछ । आजको खेलमा समिराज थोकर  म्यान अफ द म्याच भए । उनले नगद रु  ११ हजार प्राप्त गरेका छन् । 

भोलिको खेल झापा गोल्डकप चारपटक जितेको त्रिभुवन आर्मी र एपीएफ फुटबल क्लबबीच हुनेछ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।


Author

थप समाचार
x