फुटबल

अल रइदसँग अल नासर पराजित

इकागज |
फागुन २५, २०८० शुक्रबार ९:२९ बजे

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ ।

गएराति भएको खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो ।


अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए ।

यो अल नासरको लगातार दोस्रो हार हो । यस अघि एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अल ऐनसँग १-० को हार ब्यहोरेको थियो ।

यो हारपछि अल नासरको लिगमा २३ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलल एक खेल कम खेलेको छ ।

त्यसैगरी अल रइदको यो जितपछि २३ खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।


Author

थप समाचार
x