फुटबल

एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा

इकागज |
फागुन २५, २०८० शुक्रबार १८:५५ बजे

काठमाडौँ- ​एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफ त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । एपीएफले आर्मीको आत्मघाती गोलको कारण फाइनल यात्रा तय गरेको हो । एपीएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७० औं मिनेटमा आत्मघाती भएको थियो ।


दोस्रो सेमिफाइनलमा शनिबार झापा-११ र चर्चब्वाइज युनाइटेड खेल्नेछन् । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।


Author

थप समाचार
x