फुटबल

न्यूकासलविरुद्ध चेल्सीको संघर्षपूर्ण जित

इकागज |
फागुन २९, २०८० मंगलबार १०:३९ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले न्यूकासलमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

सोमबार राति सम्पन्न खेलमा चेल्सीले न्यूकासललाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।


चेल्सीको जितमा निकोलास ज्याकसन, कोल पाल्मर र मिखाइलो मड्रिकले एक-एक गोल गरे । न्यूकासलका लागि अलेक्जान्डर इसाक र जाकोब मर्फीले एक-एक गोल फर्काए ।

जितसँगै २७ खेलबाट ३९ अंक जोडेको चेल्सी ११ औँ स्थानमा छ । १० औँ स्थानमा रहेको न्यूकासलको भने ४० अंक छ ।


Author

थप समाचार
x