फुटबल

फिफा वरीयतामा नेपाली महिला टिम ५ स्थानमाथि उक्लियो

इकागज |
चैत २, २०८० शुक्रबार १७:३ बजे

काठमाडौँ- फिफा वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टिम ५ स्थानमाथि उक्लिएको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल ५ स्थानमाथि उक्लिएको हो ।


नेपाल अहिले १ सयौं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ५ औँ स्थानमा थियो ।

केही समयअघि साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसीपको फाइनलसम्मको यात्रा तय गरेपछि नेपालको वरीयतामा सुधार भएको हो ।

एएफसीमा भने नेपाल १९ औँ स्थानमा छ ।

फिफाको वरीयतामा भने दक्षिण एसियाकै भारत ६६ औँ स्थान, बंगलादेश १ सय ४४ औँ स्थान, श्रीलंका १ सय ५७ औँ, पाकिस्तान १ सय ५८ औँ, माल्दिभ्स १ सय ६१ औँ र भुटान १ सय ७३ औँ स्थानमा छन् ।


Author

थप समाचार
x