फुटबल

एमबाप्पेले पेरिस ओलम्पिक गुमाउन सक्ने सम्भावना

इकागज |
चैत ३, २०८० शनिबार १७:२५ बजे

काठमाडौँ- फ्रान्स राष्ट्रिय फूटबल टिमका फरवार्ड कायलियन एमबाप्पेले यसै वर्ष फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिक गुमाउने सम्भावना बढेको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि खेल्दै आएका एमबाप्पेको स्पेनिस क्लब रियल मड्रिडसँगको ट्रान्सफर अझै बाँकी रहेका कारण उनले ओलम्पिक गुमाउन सक्ने सम्भावना रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।


एमबाप्पेले यसै सिजनको अन्त्यबाट पीएसजी छाड्दै रियल मड्रिड जाने तयारी गरेका छन् । एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण नगर्ने तथा 'फ्रि एजेन्ट' को रूपमा क्लब छाड्ने जनाएका छन् ।

पेरिसमै जन्मिएका एमबाप्पेले सन् २०१७ मा पीएसजी आएका थिए । उनी क्लबका सर्वाधिक गोलकर्ता पनि हुन् ।

यता रियल मड्रिडले भने ओलम्पिकका लागि कुनै पनि खेलाडीलाई 'रिलिज' नगर्ने फ्रेन्च फुटबल फेडेरेसनलाई जानकारी गराइसकेको छ । जसका कारण एमबाप्पेले ओलम्पिक गुमाउने सम्भावना बढेको हो ।

ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुने तालिका रहेको छ ।


Author

थप समाचार
x