फुटबल

डार्मस्टाडविरुद्ध बायर्न म्युनिखको शानदार जित

इकागज |
चैत ४, २०८० आइतबार ११:११ बजे

काठमाडौँ- जर्मन बुन्डेसलिगाअन्तर्गत दोस्रो स्थानको बायर्न म्युनिखले डार्मस्टाडविरुद्ध शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बायर्न म्युनिखले डार्मस्टाडलाई ५-२ गोलअन्तरले पराजित गरेको हो ।


बायर्न म्युनिखको जितमा जमाल मुसिआलाले २ तथा ह्यारी केन, सर्ज नाबरी र म्याथेस टेलले १-१ गोल गरे ।

डार्मस्टाडका लागि टिम स्कार्क र ओस्कार भिल्हेल्म्सनले १-१ गोल फर्काए ।

जितसँगै बार्यन म्युनिखले २६ खेलबाट ६० अंक जोडेको छ । शीर्ष स्थानको लेभरकुशेनले २५ खेलबाट ६७ अंक हात पारेको छ ।


Author

थप समाचार
x