फुटबल

पिएसजीको जित, शीर्ष स्थानमा १२ अंकको अग्रता

इकागज |
मंसिर १३, २०७८ सोमबार ७:३९ बजे

काठमाडौँ- स्टार खेलाडी लिओनल मेस्सीले तीन असिस्ट दिएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिएनलाई ३-१ अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा मेस्सीले तीन असिस्ट दिँदा मार्क्वीनहोसले २ तथा एन्जल डी मारियाले १ गोल गरे । 


जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा छ । सेन्ट इटिएन १२ अंक जोडेर २०औँ स्थानमा छ ।


Author

थप समाचार
x