फुटबल

आर्सनल पराजित

इकागज |
चैत २२, २०७८ मंगलबार ७:२५ बजे

काठमाडौँ- क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । 

लण्डनमा सोमबार राति भएको खेलमा आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । 


जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । 

पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत  छ । उसको समान ५४ अंक रहेपनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि रहँदै चौथो स्थानमा छ ।


Author

थप समाचार
x