सरकार

कुनै पीडितले न्याय माग्न काठमाडौं आउनु पर्दैन : गृहमन्त्री लामिछाने

इकागज |
फागुन २३, २०८० बुधबार २२:९ बजे

काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय गरेका छन् । 

सपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर कार्यभार सम्हालेका मन्त्री लामिछानेले न्याय र सुरक्षा माग्नलाई मन्त्री नै भेट्ने चलनको अन्त्य गर्ने घोषणा पनि गरेका छन् । 


उनले मिटरब्याज पीडित हुन् वा अरु कुनै पीडित न्याय माग्न काठमाडौंसम्म आउन नपर्ने गरी काम गर्ने बताए । जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीलाई निर्देशन दिँदै गृह प्रशासनको अनुसन्धानमा कसैको पनि दबाब र प्रभावमा पर्नु नहुनेमा उनले जोड दिए । 

उनले गृह प्रशासनको कामलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने उल्लेख गरे । आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न उनले निर्देशन दिए । 

त्यस्तै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति काम गर्ने पनि बताए । यसअघि गरिएका राम्रा कामहरूलाई निरन्तरता दिने उनले बताए । 


Author

थप समाचार
x