सरकार

रूस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज |
फागुन २४, २०८० बिहीबार १३:३५ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारे ।


प्रधानमन्त्री दाहालले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए ।

'पछिल्लो समयमा क्षतिपूर्ति र बीमा रकम नेपाली राजदूतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ', प्रधानमन्त्री दाहालले भने 'अध्ययन छात्रवृति तथा पेसा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ ।'

त्यस्तै प्रचण्डले तत्कालिन सत्ता साझेदारी दल नेपाली कांग्रेसले आफूलाई व्यक्तिको रूपमा मात्रै माया गरेको बताएका छन् ।

उनले आफूलाई कांग्रेसले व्यक्तिको रूपमा मात्रै माया गरेकव र देश विकास गर्न खोज्दा असहयोग गरेको संकेतको रूपमा बताएका छन् । 'मलाई साथीहरूले व्यक्तिका रूपमा त माया गर्नु भयो तर परिवर्तन, सुशासन र सम्वृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीको रूपमा जति न्याय गर्नुपर्थ्यो गर्नु भएन' प्रधानमन्त्री प्रचण्डले भने ।

'म सरकारको गतिसँग पटक-पटक असन्तुष्ट भएको भनिरहेको थिएँ । मसँग दुई विकल्प थिए ‌औसत-औसत, एभरेज । र तर्दथ सरकार चलाएर पद जोगाउने कि र पदको जोखिम उठाएरै भएपनि राजनीतिक प्रतिबद्धाअनुसार राष्ट्र निर्माणमा लाग्ने ? प्रधानमन्त्री प्रचण्डले भने 'कति जोखिम छ र थियो त्यो केहि दिनको घटनाक्रमले देखिरहेको छ । अब यो कति प्रमाणित हुन्छ विश्वासको मत लिएपछि थाहा हुन्छ ।'

उनले कांग्रेससँग केहि आशंका पैदा भएपछि साथ छाडेको बताएका छन् । 'मसँग २ वटा विकल्प थिए । पद ओगटेर बस्ने कि देश विकासमा लाग्ने' प्रधानमन्त्री प्रचण्डले भने 'म पद मात्रै ओगटेर बस्नु भन्दा पनि देश निर्माणतिर लागें ।'

र, यो पनि


Author

थप समाचार
x