सरकार

सुन तस्करीमा संलग्न भएकालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

इकागज |
चैत ४, २०८० आइतबार १३:३२ बजे

सांकेतिक फोटो

काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्न भएकालाई कारबाही गर्न निर्देशन दिएका छन् । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन् ।

आइतबार बिहान उनले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख श्याम ज्ञवालीलाई यस्तो निर्देशन दिएका हुन् ।


कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती र प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x