घटना-दुर्घटना

शिकार गर्ने क्रममा एक जनाको मृत्यु

इकागज |
असार १८, २०८० सोमबार १७:२७ बजे

फाइल फोटो

भोजपुर - भोजपुरमा शिकार गर्ने क्रममा एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राईको मृत्यु भएको छ । ​

शिकार गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा उनी मृत फेला परेका हुन् । घटनास्थलमा मृत दुम्सी पनि फेला परेको छ । सोमबार भएको सो घटनामा राईको तिघ्रामा छर्राले लागेको छ । 
 



Author

थप समाचार
x