घटना-दुर्घटना

लमजुङमा झाडापखालाले ६ वर्षीय बालककाे मृत्यु

इकागज |
असार १९, २०८० मंगलबार १५:२७ बजे

लमजुङ। झाडापखलाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप परियारकाे झाडापखलाबाट मृत्यु भएकाे हाे। 

बालकलाई साेमबारदेखि झाडापखला लागेकाे आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चाैकी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएकाे उनले बताइन् । 


`बाबु हिजाेदेखि झाडापखालाले बिरामी थियाे । घरमा जीवनजल थिएन, खुवाउन पाइएन´, सीमाले भनिन, `बिहान औषधि गर्न ल्याउँदाल्याउँदै काखैमा बित्याे ।´


Author

थप समाचार
x