घटना-दुर्घटना

दुर्घटनामा परी गम्भीर घाइतेको मृत्यु

इकागज |
असार १९, २०८० मंगलबार १५:५९ बजे

फाइल फोटो

दाङ - मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी छन् । 

उनको  शिक्षण अस्पताल  कोहोलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको टाउको र अनुहारमा चोट लागेको थियो । 


अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक थिए । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उनीसहित चार जना घाइते भएका थिए । 

तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ बुद्ध चोक नजिकै रा१प ८४४६ नंको मोटरसाइकल र रा४प २८६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । रासस


Author

थप समाचार
x