घटना-दुर्घटना

कञ्चनपुरमा जिपको ठक्करबाट एकको मृत्यु

इकागज |
असार २०, २०८० बुधबार १८:१९ बजे

धनगढी। कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–५ आमखैया सडकमा जिपको ठक्करबाट साईकलयात्री कृष्णपुर नगरपालिका–१ का ५९ वर्षीय अमर साउँदको आज बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो।


उपचारको क्रममा उनको मृत्यु भएको हो । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x