घटना-दुर्घटना

बाघको आक्रमणबाट युवाको मृत्यु

इकागज |
साउन ८, २०८० सोमबार १७:३२ बजे

फाइल फोटो

चितवन - पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 


उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा बोटेको घटनास्थलमानै मृत्यु भएको हो । बोटेको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । 
रासस


Author

थप समाचार
x