घटना-दुर्घटना

स्कुटरको ठक्करबाट दुई जना घाइते

इकागज |
भदौ ५, २०८० मंगलबार १९:५५ बजे

धनगढी- कैलालीमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ झील चौराहमा गण्डकी प्रदेश ब १५ प ८६११ नम्बरको स्कुटरले सोही स्थानका ४५ वर्षीय झुपरी साउँद र ८७ वर्षीय देवीसिंह साउँदलाई ठक्कर दिएको हो । स्कुटर चालक लम्कीचुहा-३ की ३० वर्षीया भावना थापासहित घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।


टाउकोमा चोट लागेर घाइते भएका दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्कुटर इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा छ ।


Author

थप समाचार
x