घटना-दुर्घटना

तीनकुने हत्या प्रकरण : श्राद्ध गर्न काठमाडौँ आएकी थिइन् कुमारकी आमा

इकागज |
भदौ ३०, २०८० शनिबार ८:५८ बजे

काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । 


मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचालन भएको उनले बताए । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेल, सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राईको हत्या भएको हो ।

मिलका सञ्चालक बालकृण सिवाकोटीले प्रहरीले फोन गरेपछि मात्रै आफूले घटनाबारे जानकारी पाएको बताए । उनकाअनुसार कुमार र अम्बिका मिलका सुरक्षा गार्ड हुन् । कुमारकी आमा भने केही दिनअघि मात्रै श्राद्ध गर्न काठमाडौँ आएकाले छोरासँगै बसेको सिवाकोटीले बताए ।

प्रहरीले हत्या आरोपमा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको हो । राईको कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्का मृतक नवीन भने हत्या आरोपमा पक्राउ परेका दिपेन्द्रका साथी हुन् । दिपेन्द्रका बुवा लामो समय सोही मिलमा काम गरेका थिए ।

र, यो पनि


Author

थप समाचार
x