घटना-दुर्घटना

रोकी राखेको ठेलामा मोटरसाइकल ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु

इकागज |
माघ २६, २०८० शुक्रबार १८:१६ बजे

धनगढी- कैलालीको धनगढीमा रोकी राखेको ठेलामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासि ठोक्किँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x